सभामुख कप महिला राष्ट्रिय भलिबल : क्वाटरफाईनलको समिकरण पुरा
दोश्रो सभामुख कप महिला राष्ट्रिय भलिबल प्रतियोगिताको क्वाटरफाईनलको समिकरण पुरा भएको छ । पोखरा रंगशाला स्थित भलिबल ट्रेनिङ सेन्टरमा बुधवार भएको लिग खेलमा सफलता हात पादै प्रदेश ५ ले गण्डकी प्रदेश, प्रदेश १ ले प्रदेश ३, प्रदेश २ ले नेपाल पुलिस र एपीएफले नेपाल आर्मीसंग क्वाटरफाईनलमा भेट पक्का गरेका छन् ।
बुधवारको लिग खेलमा प्रदेश १ लाई ३–२ को कडाचुनौती दिएको सुदुर पश्चिमले नतिजालाईआफ्नो पक्षमा पार्न नसक्दा पराजय बेहोरेको छ । पहिलो सेटमा २५–१३ को सहज जित निकालेको प्रदेश १ ले दोश्रो र तेश्रो सेट १५–२५ र १७–२५ ले गुमाएको थियो ।
लगातार दुई सेट जित्नु पर्ने चुनौतीलाई आत्मासाथ गदै प्रदेश १ ले सुदुर पश्चिमलाई २५–२२ र १५–११ को अंकले स्तब्ध पादै क्वाटर फाइनलको यात्रा तय गरेको थियो । दोश्रो खेलमा प्रदेश नं २ ले कर्णाली प्रदेशलाई २५–२३, १०–२५, २५–१० र २५–१६ को सेटमा हराउदै क्वाटर फाइनलमा स्थान पक्का गरेको हो ।
तेश्रो खेलमा एपिएफले सुदुर पश्चिमलाई २५–४, २५–७ र २५–३ को सोझो सेटमा हराउदै क्वाटरफाइनलको यात्रा तय गर्यो भने प्रदेश नं ५ ले कर्णाली प्रदेशलाई २५–११, २५–१५ र २५–१० को सोझो सेटमा पाखा लगाउदै क्वाटर फाइनलमा स्थान बनाएको हो ।

