मनकामना पोखरा कपः नेपाल पुलिसद्वारा संकटा २–१ ले पराजित
छैंटौं मनकामना केबलकार पोखरा कपको अन्तिम क्वाटर फाइनलमा नेपाल पुलिस क्लब विजयी भएको छ । पुलिस क्लवले संकटा यूवा क्लबलाई २–१ गोलले पराजित गर्दै दोश्रो चरणमा प्रवेश गरेको छ ।
खेलको पहिलो हाफको ११ औं मिनेटमा संकटाले पुलिस विरुद्ध गोलको खाता खोलेर दबाब दिने प्रयास गरे पनि त्यो सफल हुन सकेन । पुलिसको तर्फबाट ३१ औं मिनेटमा अभिषेक रिजालले र ४९ औं मिनेटमा रबि पासवानले गोल गर्दै पुलिसलाई विजयी बनाएका हुन् ।
३ बिदेशी खेलाडी सहित मैदानमा उत्रिएको संकटा विदेशी खेलाडीकै गल्तिका कारण दोश्रो गोल हुन पुग्यो । खेलको ४९ औं मिनेटमा विदेशी खेलाडी ताम्पी ऐरनेष्टले आफ्ना किपर राजा बाबु थापालाई दिएको ब्याक पासमा किपरले कलेक्ट गर्न ढिला गर्दा नजिकै रहेका रबी पासवानले गोलमा परिणत गरेका थिए ।
खेलमा पुलिसका रबी पासवान घोषित हुँदै नगद पाँच हजारका साथमा ट्रफी पाए । आइतबार पहिलो क्वाटर फाइनल खेल थ्रि स्टार र शसस्त्र प्रहरीका विच हुने आयोजकले जनाएको छ ।

