शिवालयको शिक्षक भलिबलको उपाधी चन्द्रप्रभालाई
कास्कीको रुपा–२, थुम्कीस्थित शिवालय माविले आयोजना गरेको मैत्रीपूर्ण शिक्षक भलिबल प्रतियोगिताको उपाधी चन्द्रप्रभा माविले जितेको छ । विद्यालयले आफ्नो ५८ औं वार्षिकोत्सवका अवसरमा आयोजित प्रतियोगितामा रुपा–६, भीरचोकको चन्द्रप्रभाले आयोजक शिवालयलाई ३–१ को सेटमा पराजित गरेको थियो ।
विजेतालाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिलबहादुर थापा, पूर्व प्रधानाध्यापक हरिप्रसाद सापकोटा र होमनाथ सुवेदीले नगद, मेडल र प्रमाणपत्र वितरण गर्नुभएको थियो । सो विद्यालयको ५८ औं वार्षिकोत्सवको मूल समारोह आज भइरहेको छ ।
Facebook Comments

