नेपाल महिला फुटबलकाे फाइनलमा भारतसँग पराजित
नेपाल दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला फुटबलको फाइनलमा भारतसँग पराजित भएको छ ।
नेपालमा नै जारी १३औं सागमा नेपाली महिला फुटबल टाेली भारतकाे टाेलीसँग २–० गोल अन्तरले पराजित भएकाे हाे ।
पोखरा रंगशालामा भएको फाइनलमा भारतले नेपाललाई २–० गोल अन्तरले हराएकाे हाे ।
भारतका लागि दुबै गोल बालादेवीले खेलको १८ औं मिनेट र ५५ औं मिनेटमा गरेकी थिइन ।
प्रशिक्षक हरि खड्काकाे राजीनामा
नेपाली महिला फुटबल टिमका प्रशिक्षक हरि खड्काले पदबाट राजीनामाको घोषणा गर्नुभएकाे छ । १३ औँ साग अन्तर्गत सोमबार स्वर्णका लागि भारतसँग भएको फाइनल खेलमा २-० गोलले पराजित बनेपछि खड्काले राजीनामा घोषणा गर्नुभएकाे हाे ।
प्रशिक्षक खड्काले सागमा आफूले सम्हालेको टिमले पराजय व्यहोरेको र त्यसको सम्पूर्ण जिम्मेवारी आफूले लिने भन्दै नैतिकताको आधारमा राजीनामा दिएकाे बताउनुभयाे ।

