गाैरिका जारी सागमा ४ स्वर्ण जित्न सफल, हालसम्म ४९ स्वर्ण नेपाललाई
महिला सय मिटर फ्री स्टाइलमा गौरिका सिंहले स्वर्ण हात पार्नुभएकाे छ । जारी सागमा गाैरिकाकाे याे चौथो स्वर्ण हो ।
निर्धारित दूरी ५८ दशमलव १३ सेकेन्डमा पार गर्दै गाैरिकाले स्वर्ण पदक जित्दा, भारतकी शिभांगीले रजत पदकमा चित्त बुझाउनुपर्याे ।
यसअघि उहाँले ४ सय मिटर फ्रीस्टाइल, २ सय मिटर ब्यास्ट्रोक र २ सय मिटर रिलेमा स्वर्ण जित्नुभएकाे थियाे ।
त्यस्तै गौरिकाले १ सय मिटर ब्याकस्ट्रोकमा रजत र ४ बाई १ सय मिटर फ्रीस्टाइल रिलेमा कांस्य हात पार्तुभयाे । याेसँगै १३औँ सागमा नेपालकाे स्वर्ण संख्या ४९ पुगेकाे छ ।

Facebook Comments

