एपिएफ क्लबलाई दोस्रो सभामुख कप राष्ट्रिय महिला भलिबलको उपाधि

दोस्रो सभामुख कप राष्ट्रिय महिला भलिबलको उपाधि सशस्त्र प्रहरीको एपिएफ क्लबले हात पारेको छ । डिफेन्डिङ्ग च्याम्पियन एपिफएले शनिबार पोखरा रंगशालामा भएको फाईनल खेलमा नेपाल पुलिस क्लबलाई ३–१ को सेटमा पराजित गर्दै उपाधि चुमेको हो ।
एफिएले पहिलो सेट २५–८ तथा तेस्रो र चौथो सेट समान २५–१७ मा जित्दै पुलिसलाई पराजित गरेको हो । एपिएफले उपाधि सहित नगद रु. तीन लाख ५० हजार तथा ट्रफी हात पारेको छ भने उपबिजेता बनेको नेपाल पुलिस क्लब नगद रु. एक लाख ७५ हजार तथा ट्रफी प्राप्त गरेको छ ।
प्रतियोगितामा प्रदेश नं ३ तेश्रो र गण्डकी प्रदेशले सान्त्वना हात पारेको छ । तेश्रो स्थानका लागि भएको खेलमा ३ नं. प्रदेशले गण्डकी प्रदेशलाई पराजित गरेको हो । तेस्रो हुनेले नगद एक लाख र गण्डकी प्रदेशले नगद ५० हजार प्राप्त गरेको छ ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीको उपाधि उपाधि बिजेता टोली एपिएफका सरस्वती चौधरीलाई प्राप्त भयो । चौधरीलाई नगद नगद रु. १० हजार, ट्रफी तथा प्रमाणपत्र प्रदान गरिएको छ ।
विधागततर्फ उत्कृष्ट स्पाईकर प्रदेश नं ३ का प्रतिभा माली, ब्लकर एपिएफका हिरा केसी, सेटर नेपाल प्रहरीका कमला पुन, डिफेन्डर प्रहरीका शान्ति तामाङ, सर्भर गण्डकी प्रदेशका अरुणा शाही तथा उत्कृष्ट प्रशिक्षकको उपाधी एपिएफका ज्ञानेन्द विष्टले हात पारेका छन् । विधागततर्फ उत्कृष्ट सबैले नगद रु. पाँच हजार तथा ट्रफी र प्रमाणपत्र प्रदान गरिएको छ ।

Facebook Comments