भदौको दोस्रो हप्तामा करातेको ग्राण्ड च्याम्पियनसीप हुने
भदौको दोस्रो हप्ता पोखरामा कराते ग्राण्ड च्याम्पियनसीप हुने भएको छ । नेपाल फूल कन्ट्याक्ट कराते महासंंघको आयोजनामा भदौको १४ गते सर्वाधिक पुरस्कार राशीको कराते ग्राण्ड च्याम्पियनसीप हुने भएको हो ।
नेपालमै पहिलो पटक नेपाल फुलकन्टयाक्ट करातेको प्रेसिडेन्ट कप कराते ग्राण्ड च्याम्पियनसीप हुन लागेको पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । ।
नेपाल फुल कन्टयाक्ट कराते महसंघले मंगलबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा सो च्याम्पियनसीपबारे जानकारी दिदैं अध्यक्ष दमन बस्नेतले प्रतियोगितामा ३२ महिला तथा ३२ पुरुष खेलाडीहरु सहभागिता रहने उल्लेख गर्नुभयो ।
च्याम्पियनसीपको आयोजनाको दृष्टिमा पोखराले भेनू पाउनु स्वयं पोखराको लागि संंयोग हो,’ अध्यक्ष बस्नेतले भन्नुभयो, ‘खेलकुदका माध्यमबाट पोखराको खेल पर्यटनमा समेत यस प्रतियोगिताले सहयोग पु¥याउने विश्वास लिएका छौं ।’
प्रतियोगितामा प्रथम पुरस्कार १ लाख, दोश्रो पुरस्कार ५०० हजार र तेश्रो पुरस्कार २५ हजार रहेको छ । प्रतियोगितामा पुरुष तथा महिला खुल्ला तौल समूहमा प्रतिष्पर्धा गर्ने जनाएको छ । प्रतियोगिता सम्पन्न गर्न करिब १२ लाख खर्च लाग्ने अध्यक्ष बस्नेतले उल्लेख गर्नुभयो ।
खेलको पहिचान, खेलप्रतिको आकर्षण, खेलाडीको उत्साह र अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्न प्रतियोगिताले सहयोग पु¥याउने संघका वरिष्ठ उपाध्यक्ष रामजीप्रसाद बज्राचार्यले बताउनुभयो । प्रतियोगिताको सह–आयोजकका रुपमा युनाइटेड नेप्लीज क्योकुशिन एडभान्समेन्ट रहेको छ ।
प्रतिस्पर्धाबाट करातेमा महिला, पुरुषतर्फ एक÷एक जना ग्राण्ड च्याम्पियनसीप बनाउने र उनीहरुले अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका लागि खेलाडी उत्पादन गर्ने उद्देश्यले महासंघले प्रतियोगिता आयोजना गर्न लागेको हो ।
फुल कन्ट््याक्ट कराते महासंघ गठन भएको तीन वर्षपछि पहिलो िपटक च्याम्पियनसीप हुन लागेको हो । प्रतियोगितालाई निरन्तरता दिने अध्यक्ष बस्नेतले जानकारी दिनुभयो ।
उहाँका अनुसार यसै वर्षदेखि फुलकन्टयाक्ट करातेको प्रेसिडेन्ट कप कराते ग्राण्ड च्याम्पियनसीपको निरन्तरता पाउनेछ ।
छाता संंगठन महासंघभित्र हालसम्म १५ वटा शाखा, डोजो, संघ र क्लबहरु आबद्ध रहेका छन् ।
महासंघको गठनपछि विभिन्न राष्ट्रिय प्रतियोगिता, टेक्निकल सेमिनार, राष्ट्रिय क्याम्प, राष्ट्रिय खेलकुद परिषदबाट आयोजित राष्ट्रिय प्रतियोगिता लगायतका कार्यक्रमहरुलार्ई महासंघले संचालन गरेको बस्नेतले दाबी गर्नुभयो ।

