थप ३१६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि
नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय १६ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे जानकारी अनुसार देशभर १२ हजार ७ सय २७ नमुना परीक्षण गरिएको थियो । मन्त्रालयले पछिल्लो २४ घण्टामा २ सय ५९ जना भने निको भएकाे र ३ जनाको मृत्यु भएको जानकारी दिएकाे छ ।
नेपालमा हालसम्म कोरोना संक्रमितको कुल संख्या ९ लाख १७ हजार १ सय ८० पुगेको छ । जसमध्ये ११ हजार ५ सय २९ जनाकाे मृत्यु भएकाे छ भने ८ लाख ३ हजार १६८ जना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ९ सय ५४ रहेकाे छ । कोरोनाका बिरामीमध्ये १२० जना आईसीयू र ३७ जना भेन्टिलेटरमा उपचाररत् गराइरहेका छन् ।
Facebook Comments

