प्रविधिमैत्री शिक्षामा जोड
सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले सञ्चार प्रविधिको क्षेत्रमा उल्लेख्य सुधार गर्नुपर्ने बताउनुभएको छ ।
काठमाण्डौंमा भएको एक समीक्षात्मक कार्यक्रममा मन्त्री कार्कीले सबै क्षेत्रका विद्यार्थीलाई प्रविधिमैत्री शिक्षा आवश्यक भएकोमा जोड दिनुभयो ।
सबै विद्यार्थीलाई प्रविधिमैत्री शिक्षाको पहुँच विस्तारमा वहाँको जोड रहेको थियो ।
मन्त्रालय अन्तर्गत प्रथम त्रैमासिक प्रगति प्रस्तुतिकरण एवं समीक्षात्मक कार्यक्रम भएको थियो ।
Facebook Comments

