जापानबाट ८ लाख डाेज खाेप आउँदै

जापान सरकारले अनुदानमा दिन लागेको अष्ट्राजेनेका खाेपको ८ लाख डोज यही आइतबारसम्ममा काठमाडौं आउने भएको छ।

काठमाडौंस्थित जापानी राजदूतावासले विज्ञप्ति जारी गरेर शनिबार र आइतबार गरी आठ लाख डोज खोप आउने जानकारी दिएको हो।

जापानबाट बिहीबार र शुक्रबार गरी दुइटा विमान काठमाडौंका लागि उड्नेछन्। ती खोप क्रमश: शनिबार र आइतबार काठमाडौं आइपुग्ने विज्ञप्तिमा उल्लेख छ। 

जापान सरकारले नेपाललाई १६ लाख डोज अष्ट्राजेनेका खोप दिन लागेको हो। सरकारले चीन तथा भारतबाट खाेप खरिद गर्ने प्रक्रिया अगाडि बढाएकाे छ ।

Facebook Comments