थप ३ हजार ९ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि, २ हजार १२ जना संक्रमणमुक्त

नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ९ सय ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ८ सय ७० पीसीआर परीक्षणमा ३ हजार ७ जना र ६ हजार ५ सय ३८ एन्टिजेन परीक्षणमा ९ सय ३१ जना गरी ३ हजार ९ सय ३८ जनामा संक्रमण पुष्टि भएको हो ।

यस अवधिमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २०१२ रहेको छ भने ३७ जनाको मृत्यु भएको छ । याेसँगै मृत्यु हुनेकाे संख्या ९ हजार ९९४ पुगेकाे छ ।

बिहीबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ८ हजार ७९ पुगेको छ भने हालसम्म ६ लाख ६३ हजार ६६३ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३४ हजार ४२२ जना रहेका छन् । कोरोनाका बिरामीमध्ये गम्भीर अवस्थाका ७ सय १३ जना आईसीयू र १ सय ५८ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

पछिल्ला दिनमा संक्रमणदर बढिरहेकाे छ ।

Facebook Comments