थप २११ जनामा कोरोना संक्रमण, ३२९ जना संक्रमणमुक्त

नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ८ हजार १८ जनाको पीसीआर परीक्षण गर्दा १ सय ९७ जना र १ हजार ४ सय ३३ जनाको एन्टीजेन परीक्षण गर्दा १४ जना गरी २ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा २ जनाको मृत्‍यु भएको छ भने ३ सय २९ जना संक्रमणमुक्त भएकाे पनि मन्त्रालयले उल्लेख गरेकाे छ ।

बिहीबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख १९ हजार २ सय ५५ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ५ सय ४९ पुगेको छ भने ८ लाख ५ हजार ९ सय जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय ६ हजार १ सय ५ जना रहेकामा २ सय ७२ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये १२१ जना आईसीयू र ३० जना भेन्टिलेटरमा उपचाररत् छन् । बाँकी भने होम आइसोलेसनमा छन् । पछिल्लाे समय नयाँ भेरियन्ट ओमिक्रोनकाे त्रास बढेकाे छ ।

Facebook Comments