गण्डकीमा आँखा पाक्ने सापु रोगका बिरामी बढे
गण्डकीमा २६ जनामा आँखा पाक्ने सापु रोग देखा परेको छ । सेतो पुतलीका कारण हुने यो रोग लागेर बेलैमा उपचार नभए आँखाको ज्योति नै गुम्न सक्ने चिकित्सकको भनाई छ । विरामी भएकामध्ये ४ जनाको अवस्था गम्भीर रहेको र आँखाको दृष्टि नै गुम्न सक्ने बताइएको छ ।
पोखरा आसपासका क्षेत्रमा यसअघिका बर्षमा पनि सेतो पुतलीको आतंक रहने गरेको थियो ।
Facebook Comments

