एमालेकाे कन्द्रीय कमिटी बैठक बस्दै
नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज शनिबार बस्दैछ । भक्तपुरकाे जर्मन हाउस हस्पिटालिटी गठ्ठाघरमा एमालेको दशौँ महाधिवेशनपछिको दोस्रो केन्द्रीय कमिटी बैठक आज दिउँसो १ बजे भक्तपुरमा हुन लागेकाे हो ।
एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले बैठकमा १५ वटा कार्यसूचीमाथि छलफल हुने जानकारी दिनुभयाे । केन्द्रीय सदस्यको शपथग्रहण, महाधिवेशनको समीक्षा, केन्द्रीय कमिटीमा सदस्यको मनोनयन, पोलिटब्युरो गठन, स्थायी कमिटीको गठन, केन्द्रीय सल्लाहकार परिषद् गठन, कार्य विभाजन र प्रदेशमा रिक्त पदाधिकारीको मनोनयन लगायतका एजेण्डा तय भएका छन् ।
त्यस्तै एमालेको जिल्ला र प्रदेश अधिवेशनको मिति निर्धारण, विधान सम्पादन र नियमावली संशोधन, बैठक सञ्चालन कार्यविधि, केन्द्रीय कार्यालय व्यवस्थापन, महाधिवेशनको सन्देश तथा पार्टी प्रवेश अभियान, वरियताक्रम निर्धारण र जनसङ्गठनको सुदृढीकरण अभियानकाे बारे पनि छलफलकाे सूची छ ।
केन्द्रीय कमिटीको बैठकअघि अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा सचिवालय बैठक बस्ने बताइएकाे छ ।

