पोखरामा २३ औं सडक महोत्सव हुने
अंग्रेजी नयाँ वर्षको अवसरमा पोखरामा ‘सडक महोत्सव’ हुने भएको छ । यही पुस १५ देखि १७ गतेसम्म रेष्टुरेन्ट एण्ड बार एसोसिएसान (रेवान) को आयोजनामा लेकसाइडस्थित फेवा किनारमा २३ औं सडक महोत्सव हुने भएको हो ।
‘सडकमै खाउ, सडकमै रमाउ’ भन्ने उद्देश्यका साथ महोत्सव आयोजना गर्न लागिएको आयोजकले आज पोखरामा पत्रकार सम्मेलन गरि जानकारी दिएको हो ।
महोत्सवमा विभिन्न साँस्कृतिक कार्यक्रम, मौलिक भेषभुषा समेत प्रर्दशन गरिने आयोजकले जनाएको छ ।
यसका साथै महोत्सवमा राष्ट्रिय तथा अन्र्तराष्ट्रिय खानाको प्रदर्शन, दोहोरी प्रतियोगिता, झाँकी प्रदर्शन, रात्रिकालिन कन्सर्ट, डुङगा दौड, ह्वीलचियर दौड, वेटर रेस, टग अफ वार जस्ता प्रतियोगिता समावेश गरिएको रेवान पोखराका अध्यक्ष लक्ष्मण बरालले बताउनुभयाे ।
पोखरा सडक महोत्सव सम्पन्न गर्न सस्ंथाका प्रथम उपाध्यक्ष नरेश भट्टराईको संयाेजकत्वमा सचिव भिष्म राज पौडल र सह कोषाध्यक्ष रोशन जंग कार्की सह–संयंोजक रहने गरि विभिन्न उपसमितिहरु गठन भएको छ ।
पोखरा सुरक्षित रहेको सकरात्मक सूचना प्रवाह गरी पर्यटन प्रवद्र्धन गर्नका लागि अंग्रेजी नयाँ बर्षको अवसरमा आयोजना गर्न लागिएको महोत्सवमा विगतका बर्षहरुमा जस्तै यसपटक पनि विभिन्न जनसमदुाय, पर्यटन व्यवसायी, सरोकारवालाहरुको निरन्तर सहयोग रहने अपेक्षा गरिएको अध्यक्ष बरालले उल्लेख गर्नुभयाे ।
सडक महोत्सव पछि नेपालमा विदेशी पर्यटकको आगमन बढ्ने अपेक्षा ब्यवसायीको छ । अंग्रेजी नयाँ बर्षमा विगत दुइदशक देखि पोखरामा सडक महोत्सबको आयोजना गरिदै आएको छ ।
सडक महोत्सव पछि नेपालमा विदेशी पर्यटकको आगमन बढ्ने अपेक्षा ब्यवसायीको छ । महोत्सवमा अघिल्लो बर्षको जस्तै स्वास्थ्य मपदण्डलाई विशेष ध्यानमा राखिने बताइएको छ ।

