एमालेमा स्थायी कमिटी र पाेलिटव्यूराेमा रहने नेताहरूकाे नाम प्रस्ताव

 नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ४५ सदस्यीय स्थायी कमिटी प्रस्ताव गर्नुभएकाे छ ।

भक्तपुरमा बसिरहेको केन्द्रीय कमिटी बैठकमा ओलीले स्थायी कमिटी प्रस्ताव गर्नुभएकाे हाे । १९ सदस्यीय पदाधिकारी बाहेक २६ जनाको नाम प्रस्ताव भएको एक नेताले जानकारी दिनुभयाे। स्थायी कमिटीमा प्रस्ताव गरिएका नेताहरुमा घनश्याम भुसाल, गुरु बराल,देवराज घिमिरे, भीम आचार्य, लालबाबु पण्डित, खगराज अधिकारी, किरण गुरुङ, काशीनाथ अधिकारी, रघुजी पन्त, भानुभक्त ढकाल, मणिचन्द्र थापा, शेरधन राई, कृष्णगोपाल श्रेष्ठ, अग्नि खरेल, प्रभु साह, राजन भट्टराई, सीता पौडेल रहेका छन् ।

त्यस्तै विन्दा पाण्डे, गोरख बोगटी, कर्णबहादुर थापा, राजेन्द्र गौतम, थाममाया थापा, शेरबहादुर तामाङ, शिवमाया तुम्बाहाङ्फे, हिक्मत कार्कीलाइ स्थायी कमिटीमा प्रस्ताव गरिएकाे छ ।

त्यसैगरी प्रदेश १ को इन्चार्जमा देवराज घिमिरे छन् भने २ मा रघुवीर महासेठ, बागमतीमा काशीनाथ अधिकारी, गण्डकीको इन्चार्जमा पद्‍मा अर्याल, लुम्बिनीमा छविलाल विश्वकर्मा, कर्णालीमा यमलाल कँडेल र सुदूपश्चिम प्रदेशको इन्चार्जमा लेखराज भट्ट तोकिएकाे छ ।

यसअघि अध्यक्षका लागि प्रदेश १ को अध्यक्षमा तुलसी न्यौपाने, २ को अध्यक्षमा रामअवतार यादव, बागमतीको अध्यक्षमा केशवराज पाण्डे, गण्डकीको नवराज शर्मा, लुम्बिनीको अध्यक्षमा राधाकृष्ण कँडेल, कर्णालीको विनोदकुमार शाह र सुदूरपश्चिम प्रदेश अध्यक्षमा दामोदर भण्डारी प्रस्ताव गरिएको थियाे ।

भक्तपुरमा जारी केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले ८० जना पोलिटव्यूरो सदस्य प्रस्ताव गर्नुभएकाे छ भने थप ४४ जना केन्द्रीय सदस्य थप गर्न प्रस्ताव गरिएकाे हाे ।

एमालेको विधानमा ९९ सदस्यीय पोलिटव्यूरो रहने व्यवस्था छ । अध्यक्ष ओली केपी शर्मासहित १९ जना पदाधिकारी स्वतः पोलिटब्यूरोमा रहने भएकाले ८० जना प्रस्ताव गरिएकाे एक नेताले जानकारी दिनुभयाे ।

पोलिटव्यूरोमा प्रस्तावित नेताहरू

१. घनश्याम भूसाल
२. गुरु बराल
३. देवराज घिमिरे
४. लालबाबु पण्डित
५. खगराज अधिकारी
६. किरण गुरुङ
७. काशीनाथ अधिकारी
८. रघुजी पन्त
९. भानुभक्त ढकाल
१०. मणिचन्द्र थापा
११. शेरधन राई
१२. यमलाल कँडेल
१३. राजन भट्टराई
१४. सीता पौडेल
१५. अग्नि खरेल
१६. प्रभु साह
१७. बिन्दा पाण्डे
१८. गोरखबहादुर बोगटी
१९. कर्ण थापा
२०. राजेन्द्र गौतम
२१. थममाया थापामगर
२२. शेरबहादुर तामाङ
२३. शिवमाया तुम्बाहाङ्फे
२४. हिक्मत कार्की
२५. गोकुल बाँस्कोटा
२६. महेश बस्नेत
२७. अरुण नेपाल
२८. देवी ज्ञवाली
२९. परशुराम मेघी गुरुङ
३० पुरुषोत्तम पौडेल
३१. आनन्द पोखरेल
३२. लिला गिरी
३३. जगत विश्वकर्मा
३४. कमल चौलागाई
३५. बालकृष्ण ढुंगेल
३६. ईश्वरी रिजाल
३७. जितबहादुर गौतम
३८. विनोद श्रेष्ठ
३९. सुमन प्याकुरेल
४०. भैरव सुन्दर श्रेष्ठ
४१. रामदयाल मण्डल
४२. दलबहादुर राना
४३. गोकुल घर्ती
४४. वैजनाथ चौधरी
४५. लिलानाथ श्रेष्ठ
४६. खेममान खड्का
४७. राजेन्द्रसिंह रावल
४८. नारदमुनि राना
४९. लिलबहादुर थापामगर
५०. सुजिता शाक्य
५१. ज्वालाकुमार साह
५२. मोहन बानियाँ
५३. मञ्जु चौधरी
५४. विशाल भट्टराई
५५. गणेशसिंह ठगुन्ना
५६. खिमलाल भट्टराई
५७. दधिराम न्यौपाने
५८. ठाकुर गैरे
५९. तिलकुमार म्याङ्ब्यो
६०. गौरी ओली
६१. निरु पाल
६२. विमला घिमिरे
६३. लिलाकुमारी भण्डारी
६४. शान्ता चौधरी
६५. सीतागिरी ओली
६६. कृष्ण राई
६७. गुलाबजंग शाह
६८. लक्ष्मी पोखरेल
६९. सूर्य थापा
७०. मनकुमारी केसी
७१. सुशीला नेपाल
७२. पार्वत गुरुङ

Facebook Comments