थप २ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि

 नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे जानकारी अनुसा ६ हजार २ सय ६८ जनाको पीसीआर परीक्षण गर्दा २ सय ४२ जना र २ हजार ४ सय १४ जनाको एन्टीजेन परीक्षण गर्दा १२ जना गरी २ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको हाे ।

यस्तै पछिल्लो २४ घण्टामा १ जनाको मृत्‍यु भएको छ भने २३४ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयले आइतबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख २० हजार ४ पुगेको जनाएकाे छ ।

हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्‍यु हुनेको संख्या ११ हजार ५५४ पुगेको छ भने ८ लाख ६ हजार ७७८ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ८९० जना रहेका छन् । जसमध्ये ५ हजार ६०१ जना होम आइसोलेसनमा रहेका छन् भने २८९ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ११८ जना आईसीयू र ३४ जना भेन्टिलेटरमा उपचाररत् रहेकाे पनि मन्त्रालयले जनाएकाे छ ।

Facebook Comments