अफगानस्थानकाे राजधानी कब्जा गर्ने तालिवानकाे चेतावनी

अफगानी विद्रोही तालिबान समूहले अफगानिस्तानको राजधानी काबुल कब्जा गर्ने चेतावनी दिएकाे छ । साथै साे समूहले अफगानस्थानकाे दोस्रो ठूलो शहर कान्धार कब्जा गरेको जनाएकाे छ ।

एक भिडियो सार्वजनिक गर्दै तालिबान समूहले कान्धारको जेलबाट राजनीतिक कैदीबन्दीहरुलाई मुक्त गरेको उल्लेख गरेकाे छ ।

भिडियाेमा तालिबानका प्रवक्ताले कान्धारमा पूर्णरुपमा विजयी भएको दाबी गरेका छन् । अमेरिकी सेनाले अफगानस्थान छाडेपछि तालिबानले सरकारी सेनामाथिकाे कार्वाही तीव्र बनाएकाे छ ।

अफगानिस्तानमा २० वर्षदेखि रहँदै आएका अमेरिकी र अन्य विदेशी सैनिक फिर्ता भएलगत्तै तालिबान समूहले एकपछि अर्को शहरमाथि कब्जा जमाउँदै गएका छन् ।

तालिबान समूहले अब राजधानी काबुलमा आक्रमण गर्न सक्ने बताइएकाे छ । २००१ काे सेप्टेम्बर ११ मा अमेरिकाकाे ट्वीन टावर र पेन्टागनमा अातंकवादी हमला भएपछि अमेरिकाे नेतृत्वमा विदेशी सेनाले अफगानस्थानमा कार्वाही गरी तालिवान सरकार अपदस्थ गरेका थिए ।

Facebook Comments