काेराेनाबाट २ सय ३ काे मृत्यु, थप ८ हजार ५ सय २० मा संक्रमण
शुक्रबार थप ८ हजार ५२० जनामा कोरोना पुष्टि भएको छ भने थप २ सय ३ जनाकाे मृत्यु भएकाे छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सो संख्यामा संक्रमित थपिएका हुन्। हालसम्म नेपालमा कोरोनाबाट ४ हजार ६ सय ६९ जनाकाे मृत्यु भएकाे छ।
शुक्रबार २१ हजार ४ सय ७८ जनाको नमुना परीक्षण गरिएकोमा उक्त संख्यामा संक्रमण पुष्टी भएकाे हाे ।
आज नै ६ हजार १३५ जना कोरोना संक्रमण मुक्त भएका छन् । हाल देशभर १ लाख ७ हजार ३३६ जना सक्रिय संक्रमित रहेकाे पनि मन्त्रालयले जनाएकाे छ ।
Facebook Comments

