थप ३०६ जनामा काेराेना भाइरस संक्रमण पुष्टि

नेपालमा पछिल्लाे २४ घण्टामा थप ३ सय ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ८ हजार ८ जनाको पीसीआर परीक्षण गर्दा २९१ जना र १ हजार ५ सय ९८ जनाको एन्टिजेन परीक्षण गर्दा १५ जना गरी ३ सय ६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार २४ घण्टामा कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भएको छ । ३ सय ४८ जना निको भएका छन् ।

नेपालमा हालसम्म कुल ९ लाख १२ हजार ५३ मा कोरोना संक्रमण भएकाे छ भने । जसमध्ये ११ हजार ४ सय ७७ जनाकाे मृत्यु भएकाे छ भने हालसम्म ७ लाख ९८ हजार २ सय ७४ जना संक्रमणमुक्त भएका छन् ।

Facebook Comments