कांग्रेस महाधिवेशनः सभापतिका लागि दाेस्राे चरणमा निर्वाचन हुने
नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापति पदका लागि भएको निर्वाचनको मतगणनामा शेरबहादुर देउवाको अग्रता कायमै देखिए पनि पहिलाे चरणमा नै गर्न भने सक्नुभएन ।
अब कांग्रेसमा सभापति पदका लागि दाेस्राे चरणमा देउवा र शेखर कोइरालावीच प्रतिस्पर्धा हुनेछ । कुल खसेकाे ४ हजार ६ सय ७९ मत मध्ये देउवाले २ हजार २ सय ५८ मत प्राप्त गर्नुभयाे । जुन जीतका लागि ८२ मतले कम हाे ।
त्यस्तै अर्का उम्मेदवार शेखर कोइरालाले १ हजार ७ सय २९ र प्रकाशमान सिंहले ३ सय ७१ मत प्राप्त गर्नुभएकाे छ । त्यस्तै विमलेन्द्र निधिले २ सय ४९ मत प्राप्त गर्दा कल्याण गुरुङको नाममा भने २० मत मात्र प्राप्त भएको छ ।
कांग्रेसको विधानअनुसार सभापतिमा निर्वाचित हुन खसेको मतको बहुमत चाहिन्छ । आइतबार भएको मतदानमा ४ हजार ६ सय ७९ महाधिवेशन प्रतिनिधिले मतदानमा भाग लिएका थिए ।
सभापतिमा विजयी हुन २ हजार ३ सय ४० मत प्राप्त गर्नुपर्ने हुन्थ्याे ।

