गण्डकी प्रदेशमा ७ सय ७० संक्रमित थपिए

गण्डकी प्रदेशमा पछिल्लाे २४ घण्टामा ७ सय ७० मा कोरोना संक्रमण देखिएको छ ।

१ हजार ३ सय ४२ जनामा भएको पीसीआर परीक्षण गरिएकामा साे संख्यामा संक्रमण पुष्टी भएकाे हाे भने शनिबार ३ सयजना संक्रमणमुक्त भएका छन् । संक्रमित मध्ये अधिकाशं घरमा नै रहेका छन् ।

कोरोना भाइरस संक्रमणबाट पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशका १४ जनाले ज्यान गुमाएका छन् । शुक्रबार र शनिबार प्रदेशका विभिन्न अस्पतालमा उपचारका क्रममा ती संक्रमितको ज्यान गएको हो ।

मृत्यु हुनेमा म्याग्दी, तनहुँ, गाेरखा, पवर्त, कास्की र स्याङ्जाका रहेका छन् ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, मणिपाल शिक्षण अस्पताल, गण्डकी मेडिकल कलेज, गाेर्खा अस्पतालमा उपचार गराइरहेका हुन भने १ जनाकाे होम आइसोलेसनमा निधन भएकाे हाे ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार हालसम्म गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ सय ५५ पुगेको छ ।

Facebook Comments