गण्डकी प्रदेश सभामा आ.व.२०७८/७९ काे बजेट पेश

गण्डकी प्रदेश सरकारले आगामी वर्ष २०७८/७९ को लागि मंगलबार प्रदेश सभामा बजेट पेस गरेको छ ।

कोरोना उपचारलाई उत्कृष्ट बनाउने, अस्पतालहरूको स्तरोन्नति गर्दै स्वास्थ्य बीमा कार्यक्रम सहित कोभिड १९ र स्वास्थ्य क्षेत्रलाई प्राथमिकता सहितकाे बजेट प्रदेश सभामा पेश भएकाे हाे ।

अर्थ मन्त्रालयकाे समेत जिम्मेबारी सम्हाल्नुभएका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले सभामा पेस गर्नुभएकाे बजेटमा पर्यटन, भाैतिक पूर्वाधारकाे विकास, कृषि र खलेकूद लाइ बजेटमा प्राथमिकता दिइएकाे छ ।

Facebook Comments