चीन र भुटानले सीमा वार्ता अघि बढाउने

चीन र भुटानले सीमा वार्तालाई अघि बढाउने भएका छन् । सीमा वार्तालाई तीव्रता दिने प्रारम्भिक सम्झौतामा दुई देशका विदेशमन्त्रीले हस्ताक्षर गरेका छन्।

भुटानका विदेशमन्त्री ल्याम्पो टान्डी दोर्जी र चिनियाँ सहायक विदेशमन्त्री हु चियाङहाओले भिडिओ मिटिङ भएकाे थियाे । साेही क्रममा सीमा वार्ता अघि बढाउने सम्झौतामा हस्ताक्षर गरिएकाे हाे ।

यसैवीच भारतले चीन र भुटानबीच भएको सम्झौताबारे शंशकित हुँदै उक्त सम्झाैतालाई ‘नोट’ गरेको जनाएकाे छ । चीन-भुटान बीच भएको सम्झौताको विस्तृत विवरण सार्वजनिक गरिएको छैन।

चीन र भुटानबीच सन् २०१७ मा दोक्लम क्षेत्रबारे विवाद बढेकाे थियाे । साेहीबेला भारतले आफ्ना सेना त्यहाँ पठाएपछि चीन र भारतवीच समेत लामाे समय विवाद भएकाे थियाे ।

Facebook Comments