नेपालमा थप ३ सय ९१ जनामा कोरोना संक्रमण पुष्टि
नेपालमा पछिल्लो २४ घण्टामा थप ३९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ९ सय ६६ जनाको पीसीआर परीक्षण गर्दा ३ सय ८५ जना र १ हजार १ सय ११ जनाको एन्टीजेन परीक्षण गर्दा ६ जना गरी ३ सय ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको हाे ।
मन्त्रालयले पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भएको छ भने ६ सय ८० जना निको भएकाे जनाएकाे छ ।
हालसम्म नेपालमा कोरोना संक्रमितको कुल संख्या ८ लाख ५ हजार ४३ पुगेको छ भने नेपालमा काेराेनाबाट मृत्यु हुनेको संख्या ११ हजार २८४ पुगेको छ । अहिलेसम्म ७ लाख ८१ हजार ५४६ जना भने काेराेना भाइरसकाे संक्रमणबाट मुक्त भएका छन् ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या १२ हजार २९७ जना रहेका छन् । जसमध्ये ११ हजार २७८ जना होम आइसोलेसनमा रहेका छन् भने १०१९ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।
हाल कोरोनाका बिरामीमध्ये २९९ जना आईसीयू र ९८ जना भेन्टिलेटरमा उपचार गराइरहेका छन् ।

