थप २ सय ९६ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि

नेपालमा शुक्रबार थप २९६ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ७ हजार ७ सय ७७ जनाको पीसीआर परीक्षण गर्दा २ सय ७१ जना र १ हजार १ सय ९५ जनाको एन्टिजेन परीक्षण गर्दा २५जना गरी २ सय ९६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको जानकारी दिएकाे हाे ।

मन्त्रालयका अनुसार पछिल्लाे २४ घण्टामा ३ सय ६९ जना संक्रमणमुक्त भएका छन् भने कोरोना संक्रमणबाट ५ जनाको  मृत्यु भएको छ ।

हालसम्म नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख १३ हजार ८ सय ५३ पुगेको र तीमध्ये ११ हजार ४ सय ९४ जनाकाे मृत्यु भएकाे पनि मन्त्रालयले उल्लेख गरेकाे छ ।

नेपलमा कूल संक्रमितमध्ये ७ लाख ९९ हजार ५ सय ४५ जना संक्रमणमुक्त भएका छन् भने संक्रिय संक्रमितको संख्या ७ हजार ५ सय ३९ जना रहेकाे छ ।

पछिल्लाे दिनमा संक्रमणकाे दर क्रमशः घटिरहेकाे छ ।

Facebook Comments