भेराेसेल खाेप लगाइँदै

भेरोसेल खोपको पहिलो मात्रा साेमबारदेखि लगाइँदै छ । हालै चीनबाट खरिद गरेर ल्याइएको ४४ लाख डोज भेरोसेल खोप विभिन्न जिल्लाका विभिन्न उमेर समूहका मानिसलाई लगाउन लागिएको स्वास्स्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

मन्त्रालयका अनुसार आजदेखि ११ दिनसम्म कोरोना विरूद्ध भेरोसेल खोप लगाउन लागिएकाे हाे । आजदेखि असोज १४ गतेसम्म पहिलो मात्रामा खोप लगाउन लागिएको मन्त्रालयको भनाइ छ।

पहिलो मात्रामा भेरोसेल खोप लगाउनेलाई कात्तिक ४ गतेदेखि १४ गतेभित्र दोस्रो मात्रामा भेरोसेल खोप नै लगाउन पाइन्छ।

जनसंख्या कम भएका हिमाली तथा पहाडी जिल्लामा भने १८ वर्षमाथि उमेर समूहकाले भेरोसेल खोप लगाउन पाउने जनाइएकाे छ ।

१८ वर्षमाथिका विद्यार्थी, चितवन र काभ्रेमा भने ३५ वर्ष उमेरमाथिकालाई खाेप लगाउने कार्यक्रम छ ।

केही जिल्लामा ४० वर्ष उमेर समूहका नागरिकलाई पनि कोरोनाविरूद्ध खोप दिने सरकारको तयारी छ।

Facebook Comments