थप २ हजार ७५ मा कोरोना संक्रमण पुष्टि
नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ७५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य जनसंख्या मन्त्रालयले दिएकाे अनुसार शनिबार १३ हजार ७५ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७ हजार ७०३ जनाको पिसिआर र ५ हजार ३७२ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।
शनिबार २ हजार ३८२ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् भने काेभिड संक्रमणबाट थप ३० जनाले ज्यान गुमाएका छन्।
हालसम्म मृत्यु हुनेको संख्या १० हजार ४ सय ८५ पुगेको छ। हाल सक्रिय संक्रमित ३९ हजार ३ सय २१ छन्।
संक्रमितमध्ये गम्भीर अवस्थाका विरामीकाे विभिन्न अस्पतालहरूमा उपचार भइरहेकाे छ । अधिकांश हाेम अाइसाेलेसनमा स्वास्थ्यलाभ गरिरहेका छन् ।
Facebook Comments

