नेपालमा थप २ सय ९० जनामा कोरोना संक्रमण पुष्टि
नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ४ सय ७३ जनाको पीसीआर परीक्षण गर्दा २ सय ५२ जना र ४ हजार ६ सय १६ जनाको एन्टीजेन परीक्षण गर्दा ३८ जना गरी २९० जनामा कोरोना संक्रमण पुष्टि भएको हाे ।
मन्त्रालयले पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको र २ सय ३२ जना निको भएकाे जनाएकाे छ । मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख २२ हजार २ सय २७ पुगेको छ ।
योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ५ सय ७७ पुगेको छ भने ८ लाख ९ जहार ३ सय ८७ जना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार २ सय ४२ जना रहेका छन् । कोरोनाका बिरामीमध्ये गम्भीर अवस्थाका ९५ जना आईसीयू र २५ जना भेन्टिलेटरमा उपचाररत् छन् ।
पछिल्लाे समय नयाँ भेरियन्ट देखिएकाले सचेत रहन चिकित्सकले अनुराेध गरेका छन् ।

