१ कराेड २२ लाख डाेज खाेप भण्डारणमा, थप खाेप कहाँ राख्ने ?
कोरोना खोप लगाउने चाहना नागरिकलाई छ । सरकार पनि काेराेना खाेप सबैलाइ उपलब्ध गराउने अभियानमा छ । पछिल्लाे समय काेभिड १९ को नयाँ भेरियन्ट ओमिक्रोन नेपालमा पनि भेटिएपछि बुस्टर डोज लगाउनुपर्ने माग पनि उठिरहेको छ ।
जनस्वास्थ्य विज्ञहरुले हरेक कम्तीमा एक डोज खोप दिनुपर्ने र फ्रन्टलाइनलाई बुस्टर दिनपर्ने सुझाव पनि दिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि हरेक दिन २ लाख नागरिकलाई कोरोना खोप दिने र ५० प्रतिशत नागरिकलाई दुबै डोज खोप दिएपछि बुस्टर दिइने बताएको छ ।
मन्त्रालयको तथ्यांक अनुसार पुस महिनायता ९ लाख ९० हजार ४५६ जोड खोप लगाएको छ । तर लक्ष्यअनुसार खोप अभियान अझै सञ्चालन हुन सकेको छैन ।
अचम्म त याे भएकाे छ कि खाेप भण्डार भएकाे छ । खोप अभियानलाई गति दिन स्थानीय तह र प्रदेश सरकारसँगको समवन्य कमी भएकाे टिप्पणी समेत हुन थालेकाे छ । प्राप्त खोपको अनुपातमा सिरिन्ज कम उपलब्ध हुँदा खोप अभियान प्रभावित बनेकाे मन्त्रालयका अधिकारी बताउँछन् ।
सरकारी तथ्यांकअनुसार मंगलबारसम्म १ करोड २२ लाख डोज कोरोना खोप सरकारी भण्डारणमा छ । अब थप खाेप ल्याएर भण्डार गर्न समेत समस्या हुन सक्ने भन्दै खाेप ल्याउने पछि धकेल्ने काेशिष भएकाे छ ।
अहिले खोप १ करोडभन्दा भण्डारणमा रहेकाले पाइपलाइनमा भएका खोप तत्कालै नल्याउने परिवार कल्याण महाशाखाका खोप शाखा प्रमुख सागर दाहालले बताउनुभयाे ।
आगामी चैत मसान्तसम्म खोप लगाइसक्ने सरकारकाे लक्ष्य रहेको छ । करिव ४९ प्रतिशतले हालसम्म पूर्ण मात्रा खाेप लगाइसकेका छन् ।

