काेराेना कहरः थप ८ हजार ६३६ संक्रमित, १६९ काे मृत्यु

पछिल्लो २४ घण्टामा ८६३६ जनामा संक्रमण पुष्टि भएको छ भने १६९ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा २२ हजार ३०६ नमुनाको पीसीआर टेष्ट गर्दा ८३८७ र ६३० एन्टिजेन टेष्ट गर्दा २४९ जना गरी ८६३६ जनामा संक्रमण पुष्टि भएको हो ।

हाल नेपालमा सक्रिय संक्रमितको संख्या १ लाख १७ हजार २६१ पुगेको पनि मन्त्रालयले जनाएको छ ।

हालसम्म ५ लाख २८ हजार ८४८ संक्रमित भएका छन् । उनीहरुमध्ये ४ लाख ४ हजार ८८७ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा ६ हजार ४०४ जना संक्रमणमुक्त भएका हुन् । हालसम्म ६ हजार ७०० को मृत्यु भएको छ ।

Facebook Comments