सुडानमा सेनाद्वारा सरकार विघटन गरी संकटकाल घाेषणा

सुडानमा सेनाले सरकार विघटन गरेकाे छ । त्यस्तै देशव्यापी संकटकालको घोषणा गरेको छ।

प्रधानमन्त्रीसहित वरिष्ठ सरकारी अधिकारीलाई नियन्त्रणमा लिँदै सेनाले २०२३ जुलाईमा निर्वाचन गर्ने पनि घोषणा गरेको छ।

सेनाले प्रधानमन्त्री अब्दुल्लाह  हामदोक सहित उद्योगमन्त्री इब्राहिम अल शेख, सञ्चारमन्त्री हाम्जा बलुल, संक्रमणकालीन परिषद्का सदस्य मोहम्मद अल फिकी सुलिमान, हामदोकका मिडिया सल्लाहकार फैजल महमद सलेह र प्रान्तीय गर्भनर अहमद खालिदलाई नियन्त्रणमा लिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।

प्रधानमन्त्रीको कार्यालयले सेनाको निर्णयविरुद्ध सडकमा उत्रन आह्वान गरेको छ। सेनाले देशभर संकटकाल घोषणा गर्दै सरकार तथा संक्रमणकालीन परिषद् विघटन गरेको जनाएकाे छ ।

प्रदर्शनकारीहरू सुडानकाे राजधानी खार्तुमको सडकमा उत्रिएका छन् र त्यहाँ गोली चलेको बताइएकाे छ ।

Facebook Comments