ओलीलाई भेट्न बालकोट जान प्रधानमन्त्रीसमक्ष प्रचण्डकाे प्रस्ताव
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विपक्षी दलका नेता केपी शर्मा ओलीलाई भेट्न ओली निवास बालकोट जान प्रस्ताव प्रधानमन्त्रीसमक्ष राख्नुभएकाे छ ।
प्रधानमन्त्रीले बैठक बाेलाउँदा ओली सहभागी नभएपछि प्रचण्डले यस्ताे प्रस्ताव गर्नुभएकाे हाे ।
प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकमा नेकपा एमाले सहभागी नभएपछि प्रचण्डले निवासमा जाने प्रस्ताव राखेकाे प्रचण्डले उल्लेख गर्नुभयाे ।
एमालेले लगातार संसद अवरुद्ध गर्ने र सर्वदलीय बैठकमा समेत नआएको भन्दै प्रचण्डले भन्नुभयाे, ‘प्रधानमन्त्रीजीलाई उहाँ आउनु हुन्न, तपाईं र म नै बालकोट जाऊँ भन्ने प्रस्ताव राखेकाे छु ।’ शनिबार काठमाण्डाैमा भएकाे एक कार्यक्रममा प्रचण्डले यस्ताे जानकारी दिनुभएकाे हाे ।
Facebook Comments

