राष्ट्रिय सम्मेलनमा जनयुद्धदेखि खुला राजनीतिसम्मकाे समीक्षा हुनेछः प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुस ११ देखि हुने राष्ट्रिय सम्मेलनमा शान्ति प्रक्रियापछिका कमीकमजाेरी समीक्षा हुने बताउनुभएकाे छ ।

काठमाण्डाैमा पत्रकार संगठनवीचकाे एकता घाेषणा कार्यक्रममा प्रचण्डले जनयुद्धदेखि खुला राजनीतिसम्म कहाँ त्रुटी भयो भन्ने विषयमा आफूबाटै आत्मसमीक्षा शुरु गरेको बताउनुभएकाे हाे ।

भाेलीदेखि शुरु हुने पार्टीको राष्ट्रिय सम्मेलनमा पेश गर्ने राजनीतिक प्रतिवेदनमा आफूले जनयुद्धदेखि शान्ति प्रक्रिया हुँदै हालसम्मकाे आत्मसमीक्षा गरेको प्रचण्डले बताउनुभयाे ।

प्रेस सेन्टर र क्रान्तिकारी पत्रकार संगठनको एकता घोषणा कार्यक्रममा उहाँले जनयुद्धदेखि हालसम्म पार्टीले धेरै टुटफुट व्यहोरेको भन्दै यो स्थिति किन आयो भन्ने विषयमा मूल नेतृत्वकाे हैसियले आफूले आत्मसमीक्षा गरेकाे जसले पुनः टुटफुट र विभाजनबाट अलग अलग समूहमा रहेका सबैलाई एक ठाउँमा आउने स्थिति विश्वास व्यक्त गर्नुभयाे ।

माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन आइतबारदृेखि ३ दिनसम्म काठमाडौंमा हुने राष्ट्रिय सम्मेलनले माओवादीको नयाँ नेतृत्व पनि चयन गर्दैछ ।

Facebook Comments