काठमाण्डाैंबासीलाई पोखरा सडक महोत्सवकाे निम्ताे

अंग्रेजी नयाँ वर्षको अवसरमा विगत २३ वर्षदेखि सञ्चालन हुँदै आएको पोखरा सडक महोत्सवको निम्तो दिन पोखराका पर्यटन व्यवसायीहरु काठमाण्डौमा आइपुगेका छन् ।

पुस १५ देखि १७ गतेसम्म हुने सडक महोत्सवलाई भव्य बनाउन काठमाडौंबासीलाई निम्तो दिन लागेको संयोजक नरेश भट्टराईले जानकारी दिनुभयाे ।

रेष्टुरेष्ट एण्ड वार एसोसियसन (रेवान) को मूख्य आयोजनामा हुने सडक महोत्सव कोभिड हेल्थ प्रोटोकल लाई ध्यान दिदै पोखरा खुल्लैछ भन्ने सकरात्मक सुचना प्रवाह गरि पर्यटन प्रवद्र्धन साथसाथै पोखरालाई अंग्रेजी नयाँ वर्षको गन्तव्य स्थलको रुपमा प्रवर्द्धन गर्ने उद्धेश्यले लेकसाइड क्षेत्रको करिब ३ किलोमिटर क्षेत्र कार्यक्रम हुने जनाएको छ । सडकमै खाउ,सडकमै रमाउ भन्ने उद्धेश्यका साथ विभिन्न साँस्कृतिक कार्यक्रम, मौलिक भेषभुषा प्रर्दशन गर्ने योजना समेत अघि सारेको छ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाको प्रर्दशन,दोहोरी गीत प्रतियोगिता, झाँकी प्रर्दशन, रात्रीकालिन कन्सर्ट, बोट रेस, खसल्ला भेट्रान टेनिस प्रतियोगिता, वेटर रेस, हुइल चियर रेस प्रतियोगिता,संस्थागत भलिवल प्रतियोगिता, टग अफ वार जस्ता कार्यक्रमहरु महोत्सवको मूख्य आकर्षणहरु रहेका छन् । 

महोत्सवको अवसरमा रेष्टुराँहरु सहित होटलमा ३० देखि ३५ प्रतिशतसम्म छुटको अफर ल्याएको पोखरा पर्यटन परिषदका अध्यक्ष गोपी भट्टराईले जानकारी दिए । त्यति मात्र हैन, पोखराको अर्को आकर्षकको रुपमा रहेको प्याराग्लाईडिङ्गमा समेत ३३ प्रतिशत छुट दिने घोषणा भएको उनले बताए । हाल प्याराग्लाईडिङ्गको लागि ६ हजार रुपैया लिने गरिएको छ ।

कोभिडले सुस्त पारेको पर्यटनलाई आन्तरिक पर्यटकहरुले चलायामान बनाइरहेको बेला यो महोत्सवले थप सहयोग पुग्ने अध्यक्ष भट्टराईको दाबी छ ।

Facebook Comments