निरन्तर काेराेनाबाट निकाे हुनेकाे संख्या बढ्दाे
नेपालमा पछिल्लाे ३ दिनमा संक्रमित हुने संख्या भन्दा निकाे हुनेकाे संख्या बढी देखिएकाे छ ।
पछिल्लाे २४ घण्टामा देशभर ६ हजार ८५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख ४९ हजार १११ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।
शुक्रबार मात्रै ९ हजार ८४१ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म ४ लाख २८ हजार ६७० जना काेराेना भाइरसकाे संक्रमण मुक्त भएका छन् ।
मन्त्रालयका अनुसार हाल सक्रिय संक्रमितको संख्या १ लाख १३ हजार ३९४ रहेकाे छ ।
पछिल्लाे २४ घण्टामा थप ९६ जनाको मृत्यु भएको हो । हालसम्म ७ हजार ४८ जनाकाे मृत्यु भएकाे छ ।
Facebook Comments

