थप ५ सय ४९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि
नेपालमा पछिल्लो २४ घण्टामा देशभर ५ सय ४९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार १ सय ४५ नमुनाको पीसीआर परीक्षणमा ४ सय ९० र २ हजार ६ सय १ नमुनाको एन्टिजेन परीक्षण गर्दा ५९ जनामा कोरोना संक्रमण पुष्टि भएकाे हाे ।
मन्त्रालयले पछिल्लाे २४ घण्टामा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ र ५ सय ६९ जना काेराेना भाइरसकाे संक्रमणबाट मुक्त भएकाे जनाएकाे छ ।
Facebook Comments

