थप २ हजार ८९२ मा काेराेना संक्रमण पुष्टि
नेपालमा पछिल्लाे २४ घण्टामा थप २ हजा ८ सय ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ११ हजार ५ सय ६८ परीक्षण गर्दा २ हजा ८ सय ९२ जनामा संक्रमण पुष्टि भएकाे हाे ।
मन्त्रालयका अनुसार मुलुकभरमा ७१८७ वटा पिसीआर परीक्षणबाट १८८९ जनामा संक्रमण पुष्टि भएको छ भने ४३८१ वटा एन्टिजेन परीक्षणबाट १००३ जनामा पुष्टि भएको हाे।
त्यस्तै पछिल्लो २४ घन्टामा ३ हजार ५ सय ९७ जना संक्रमणमुक्त भएका छन् भने ४१ जनाको निधन भएकाे छ ।
मन्त्रालयका अनुसार मुलुकभरमा ३३ हजार ५ सय ६१ जना सक्रिय संक्रमित रहेका छन । अधिकांश संक्रमित घरमा नै रहने गरेका छन् भने गम्भीर अवस्थाका संक्रमितकाे विभिन्न अस्पतालमा उपचार भइरहेकाे छ ।
Facebook Comments

