नेपालमा थप ३ सय ७२ जनामा काेराेना संक्रमण
नेपालमा थप ३ सय ७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार ३ सय ७२ जनामा संक्रमण पुष्टि भएकाे उल्लेख गरेकाे छ ।
७ हजार ९ सय ११ जनाको कोरोना परीक्षण गर्दा ३ सय ७२ जना संक्रमित भेटिएका हुन् । ५ हजार ३ सय १६ जनाको पिसिआर परीक्षण र २ हजार ५ सय ९५ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।
Facebook Comments

