थप ५ हजार ५८३ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा थप ५ हजार ५ सय ८३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ भने ९ जनाको मृत्‍यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १० हजार ७ सय ७६ जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ६ सय ५७ जना र ६ हजार ८ सय ९८ जनाको एन्टीजेन परीक्षण गर्दा १ हजार ९ सय २६ जना गरी कुल ५ हजार ५ सय ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएकाे छ ।

मन्त्रालयका अनुसार हाल देशभरमा ७४ हजार ६ सय ५३ सक्रिय संक्रमित छन् भने ८ हजार २ सय ६७ जना संक्रमणमुक्त भएका छन् ।

मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या १० लाख ८८ हजार २५१ पुगेको छ । यस्तै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ७५२ पुगेको छ भने ८ लाख ७१ हजार १६५ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयले दिएकाे जानकारी अनुसार हाल देशभरमा गम्भीर अवस्थाका बिरामीमध्ये २ सय ७९ जना आईसीयू र ५० जना भेन्टिलेटरमा उपचार गराइरहेका छन् ।

Facebook Comments