नमुना गाउँपालिका बनाउने संकल्पका साथ अध्यक्षमा बन्जराको उम्मेदवारी

गोरखाको भीमसेन थापा गाउँपालिकामा नेकपा (माओबादी केन्द्र) बाट गाउँपालिका अध्यक्षका उमेद्वार बन्नु भएका नेता लोकप्रसाद बन्जरा (अक्कल) एक इमान्दार, त्यागी र निष्ठाबान नेताका रुपमा चिनिनुहुन्छ ।

साविक तान्द्राङ–९, हाल भीमसेन थापा गाउँपालिका वडा न. ३ अमरबस्ती स्थायी घर भएका बन्जरा महान जनयुद्धका एक कुलश र कर्मठ योद्धा समेत हुनुहुन्छ ।

बि.स २०२९ साल बैशाख ४ गते सामान्य किसान परिवारमा जन्मिएर राजनीतिमा लागेका नेता बन्जरा माओबादीका कार्यकर्ताहरुबाट मात्र होइन अन्य दलका नेता कार्यकर्ताहरुले समेत भीमसेन थापा गाउँपालिकाको एक आशा र भरोसा गर्न योग्न नेताका रुपमा हेर्ने गर्दछन् ।

बि.स २०४७ भदौ ५ गते कम्युनिष्ट पार्टीको पूर्णकालिन सदस्यता लिएका उनि बि.स २०५२ साल जेठ ३० गतेबाट नेकपा माओबादीको पूर्णकालिन कार्यकर्ता भएर राजनीतिमा होमिनुभएकाे थियाे ।

नेता बन्जराले तत्कालिन नेकपा माओबादीको इलाका सचिवालय सदस्य, २०५९ मा जिल्ला सचिवालय सदस्य, प्लाटुन कमिसारको रुपमा पाएको जिम्मेवारी कुशलता पूर्वक पुरा गर्नुभयाे। बि.स २०६१ सालमा नेकपा माओबादी गोरखा जिल्लाको सेक्रेटरी भएर गोरखाको कम्युनिष्ट आन्दोलन तथा पार्टी संगठनको सुदृढीकरणमा अहम् भूमिका खेलेका नेता बन्जराले पार्टीको पार्टीको गण्डकी प्रदेश समिति सदस्य, प्रदेश समिति सचिवालय सदस्यदेखि केन्द्रीय सदस्य हुदै पोलिटव्युरो सदस्य समेतको जिम्मेवारी सम्हालिसक्नुभएकाे छ ।

बिचार आस्था र संगठनलाई राजनीतिमा आफ्नो आर्दशको रुपमा रुपमा लिने नेता बन्जरा जस्तो सुकै कठिन परिस्थितीमा पनि कहिलै बिचलित नभइ आन्दोलनमा लाग्नुभयाे ।

परिवारका दुई सदस्य श्रीमती र बहिनीलाई जनयुद्धमा गुमाउनुभएकाे छ भने बलिदानको जगमा उभिएर महान शहिदहरुले देखाएको सपना पुरा गर्ने दिशामा अघि बढी रहनुभएकाे छ ।

दुस्मनका घेरा तोडेर पटक पटक उम्किएर बच्न सफल बन्जराका लागि जेल नेल र यातना सामान्य जस्तै हो । बि.स २०५३ माघ १६ गते जनयुद्धकै क्रममा गिरफ्तारीमा पर्नुभएका नेता बन्जरा २०५८ साउन १६ गते रिहा हुनुभयो । दुस्मनसंग कहिलै नगल्ने, आन्दोलनबाट कहिलै नथाक्ने, बर्ग दुस्मनका लागी सधै फलामे बार बनेर पार्टी,नेता, कार्यकर्ता र बर्गिय रक्षाका लागि जहिले उभिने नेता बन्जरा सरल र मृदभाषी नेताको रुपमा चिनिनुहुन्छ ।

आफ्ना लागी भन्दा पनि समाज र देशका लागि सर्वस्व सर्मपण गर्नुभएका नेता बन्जराले गएको ०७४ को स्थानीय तहको निर्वाचनमा गाउँपालिका अध्यक्षमा भने पराजित हुनुभएकाे थियाे ।

उहाँले हार ठूलो कुरा होइन तर जितेर जानेहरुले जनताका लागि काम गर्नसक्नु पर्छ, तर भीमसेन थापा गाउँपालिका त्यसो भएन गाउँपालिका जिल्लाका ११ स्थानीय तहमा बिकासमा सवैभन्दा पछाडी परेकोमा मलाई चिन्ता छ, अब सम्बृद्ध भीमसेन थापा गाउँपालिका बनाउने जिम्मा हाम्रो काँध आएको बताउनुभएकाे छ ।

माओबादीको नेतृत्वमा एक पटक गाउँपालिका जित्न सके सम्बृद्ध र समाजबाद उन्मुख देशकै नमुना गाउँपालिका बनाउने धोको पुरा गर्ने रहर बोकेर नेता बन्जरा फेरी चुनावी मैदानमा होमिनुभएकाे हाे ।

Facebook Comments