निर्वाचन आचारसंहिताः ०७४काे निर्वाचन खर्चका बिषयमा ०७९ मा सचेत गराउँदै
निर्वाचन आयोगले विभिन्न दलका नेताहरूले निर्वाचन खर्चका बिषयमा दिएका अभिव्यक्तिकाे बिषयमा सचेत गराएकाे छ ।
नेपाली कांग्रेसका नेता शशांक कोइराला, गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारी लगायतलाई निर्वाचन आचारसंहिता उल्लंघनका घटनामा आयोगले सचेत गराएको हो ।
२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस नेता कोइरालाले ६ करोड खर्च भएको सम्बन्धि समाचार सार्वजनिक भएकाे थियाे त्यस्तै गण्डकी प्रदेशका सभामुख नेत्रनात अधिकारीले पनि ताेकिएकाे भन्दा धेरै खर्च निर्वाचनमा हुने तर झुटाे विवरण निर्वाचन आयाेगमा पेश गर्नुपरेकाे बताउनुभएकाे थियाे ।
सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आएका अभिव्यक्ति निर्वाचन आचारसंहित विपरीतका भएकाे भन्दै आयोगले सचेत गराएकाे हाे ।
निर्वाचन आयोगले आचारसंहिता उल्लंघन गरेको भन्दै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी राप्रपा लगायतका दललाई पनि सचेत गराएको छ ।

