चिकित्सा शिक्षा अध्ययनका लागि शुल्क वृद्धि

चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षाकाे अध्ययनकाे शुल्क बढाएकाे छ ।

आयोगको मंगलबारको बैठकले स्नातक तह पठनपाठनका आगामी आर्थिक वर्षदेखि लागू हुने गरी ३.६ प्रतिशतले शुल्क वृद्धि गर्ने निर्णय गरेको हो।

विश्वविद्यालय र क्याम्पसहरूले १० प्रतिशत शुल्क वृद्धि गरिनुपर्ने माग राखे पनि ३.६ प्रतिशत मात्र शुल्क वृद्धि गरिएकाे हाे ।

अब एमबीबीएस पढ्न काठमाडौं उपत्यकाभित्र ४१ लाख ६८ हजार ८७ रूपैयाँ र उपत्यकाबाहिरका हकमा एमबीबीएस पढ्न विद्यार्थीले ४५ लाख ९५ हजार सात सय २१ रूपैयाँ बुझाउनुपर्ने भएकाे छ ।

Facebook Comments