काठमाडौंका मेयर बालेन साह र प्रधानमन्त्री देउवावीच भेटवार्ता

काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरी सहयाेग माग्नुभएकाे छ ।

मेयर बालेन शाह निर्वाचित भएपछि प्रधानमन्त्री निवास बालुवाटरामा पुगेर प्रधानमन्त्री देउवासँग भेट्नुभएकाे हाे । उहाँले महानगरकाे विकासका लागि पार्टी तथा सरकारकाे सहयाेगकाे लागि अनुराेध गर्नुभयाे ।

भेटमा प्रधानमन्त्रीले महानगरले गर्ने राम्रा काममा सरकारकाे साथै नेपाली कांग्रेसको पनि साथ रहने बताउनुभएकाे प्रधानमन्त्रीकाे सचिवालयले जनाएकाे छ ।

प्रधानमन्त्रीले फोहोर व्यवस्थापनका लागि विशेष जाेड दिनुभएकाे पनि सचिवालयले जनाएकाे छ । जवाफमा साहले महानगरमा नेपाली कांग्रेससँग सहकार्य गरेर अघि बढ्ने बताउनुभएकाे उहाँका सहयाेगीले जनाएका छन् ।

Facebook Comments