माओवादी केन्द्रकाे महाधिवेशनः २३६ केन्द्रीय सदस्यकाे नाम प्रस्ताव
नेकपा (माओवादी केन्द्र) काे काठमाडाैंमा जारी महाधिवेशनकाे बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २ सय ३६ सदस्यीय केन्द्रीय समितिको नामावली प्रस्ताव गर्नुभएकाे छ ।
बन्दसत्रमा प्रचण्डले माओवादीको २९९ सदस्यीय केन्द्रीय कमिटीमा क्लस्टर मिलाएर २३६ जनाको नाम प्रस्ताव गर्नुभएकाे हाे । बाँकीकाे मनाेनयन केन्द्रीय कमिटीले गर्नेछ ।
प्रचण्डको प्रस्ताव पारित भएमा केन्द्रीय कमिटी चयन हुनेछ भने साेही केन्द्रीय कमिटीले पोलिटब्युरो, स्थायी कमिटी र पदाधिकारी चयन गर्नेछ ।
प्रस्तावित नामहरू अनुमोदन नभएमा निर्वाचन हुने बताइएकाे छ । तर माओवादी केन्द्र) काे यसअघिका नजिर हेर्दा निर्वाचन हुने संभावना भने कम छ । सोमबार मतदान गर्नेगरी पार्टीको निर्वाचन आयोगले कार्यतालिका सार्वजनिक गरिसकेको छ।
प्रस्तावित नामावली निम्न अनुसार रहेकाे छ ।
खुला
लक्ष्मणदत्त जोशी, त्रिलोचन भट्ट, हरि दाहाल, महेशवर दाहाल, हितमान शाक्य, धर्मदत्त देवकोटा, हरिबोल गजुरेल, प्रचण्ड, चक्रपाणि खनाल, कृष्णबहादुर महरा, रामदिप आचार्य, शक्तिबहादुर बस्नेत, जनार्दन शर्मा, युवराज दुलाल, लिलामणी पोखरेल, लेखनाथ न्यौपाने, अमरबहादुर गुरूङ तमु, हरिबहादुर चुमान, नारायणकाजी श्रेष्ठ, सुरेश आलेमगर, पम्फा भुसाल, जयपुरी घर्ती, महेन्द्र पाशवान ।
खस आर्य
नारायणप्रसाद दाहाल, सूर्यराज सुवेदी, धीरेन्द्र प्रधान, नरबहादुर विष्ट, बसन्त शर्मा, केशव नेपाल, निर्मल आचार्य, जोखबहादुर महरा, तारानाथ स्वार, देवराज रेग्मी, हरिराज अधिकारी, देवेन्द्र पराजुली, अच्युतम् काफ्ले
खसआर्य महिला
आशा कोइराला, सीता पोखरेल, कल्पना धमला, दामा शर्मा, देवी खड्का, धर्मशिला चापागाईं, रेणु चन्द, रेणु दाहाल, सत्य पहाडी, ज्ञानु सुवेदी, लक्ष्मी न्यौपाने, मञ्जु बम
युवा ४० वर्ष मुनिका –
दलित पुरुष
विष्णु विक, यमबहादुर परियार, जगत पार्की
दलित महिला ११ जना-
अञ्जना विशंखे, सुशीला श्रीपाइली, धनमाया विक, लक्ष्मी विक, शान्ति नेपाली, गीता गहतराज, पम्फा बसेल

