अन्नपूर्णमा कांग्रेसको सम्पर्क कार्यालय स्थापना

अन्नपूर्ण गाउँपालिका वडा नम्बर १ स्थित नागडाडामा नेपाली कांग्रेसको सम्पर्क कार्यालय स्थापना भएको छ । बैशाख ३० मा हुने स्थानीय तह निर्वाचन प्रचारका लागि सम्पर्क कार्यालय स्थापना गएिको कांग्रेसले जनाएको छ ।

आईतवार एक कार्यक्रमका वीच नेपाली कांग्रेसका तर्फबाट अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष पदका उम्मेद्वार एवं नेपाली काँग्रेस कास्कीका उपसभापति समेत रहेका युवराज कुँवरले सम्पर्क कार्यालयको उद्घााटन गर्नुभएको हो ।

सम्पर्क कार्यालय उद्घाटन गर्दै उम्मेद्वार कुँवरले आफूहरुलाई पुनःजिताउन मतदाता समक्ष अपील गर्नुभयो ।

उहाँले अन्नपूर्ण गाउँपालिकामा विगत पाँच बर्षको अवधिमा आफ्नो टिमले धेरै काम सम्पन्न गरेको बताउदै केही कामहरू अझै अधुरो अवस्थामा रहेकाले पुनः मत दिनका लागि आग्रह गर्नुभयो ।

आफूसँग काम गर्ने अनुभव भएकाले पनि बाँकी काम सम्पन्न गर्न तथा गाउँपालिकामा नयाँ योजना तय गर्नका लागि पनि आफू पुनः उम्मेदवार बनेको उहाँको भनाई थियो ।

Facebook Comments