गठबन्धनमा सिट बाँडफाँडमा सहमति नजिक पुगेकाे प्रचण्डकाे दावी
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दलहरूवीच आगामी प्रदेशसभा र प्रतिनिधिसभामा निर्वाचनका लागि सिट बाँडफाँडमा सहमति हुन लागेकाे बताउनुभएकाे छ ।
प्रतिनिधिसभाका लागि सिट बाँडपफाँडमा करिब सहमति भएकाे अव प्रदेशसभाका लागि समेत सिट बाँडफाँडमा सहमति जुटाएर शनिबारसम्ममा निर्णयमा पुग्ने तयारी रहेकाे उहाँकाे भनाइ छ ।
कार्यकर्ता भेटघाट एवं प्रशिक्षणका लागि पश्चिम पुग्नुभएका प्रचण्डले सुर्खेतमा पत्रकारसँगकाे भेटमा यस्ताे बताउनुभएकाे हाे ।
साथै उहाँले माधवकुमार नेपाल नेतृत्वकाे एकीकृत समाजवादीसँग पार्टी एकताको प्रक्रिया अघि बढेको बताउनुभएकाे छ । उहाँका अनुसार एकताकाे प्रयासमा आगामी प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा एउटै घोषणापत्र बनाएर भाग लिने प्रयास पनि भइरहेको छ ।
प्रचण्डले पार्टी एकता संयोजन समिति बनाउने, घोषणापत्र एउटै बनाउने प्रयास भइरहेकाे जानकारी दिनुभयाे ।

