माओवादी केन्द्रको पोखरा महानगर अध्यक्षमा हरिनारायण गिरी चयन
नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको पोखरा महानगर कमिटीको नेतृत्व सर्वसम्मत चयन गरिएको छ ।
बिहीबार महानगरपालिकाको नेतृत्व चयनका लागि भएको बैठकपछि हरिनारायण गिरी(विज्ञान)को अध्यक्षतामा महानगर कमिटी चयन गरिएको इन्चार्ज दीपक कोइरालाले जानकारी दिनुभयो ।
कमिटीको उपाध्यक्षमा भानुभक्त अधिकारी, पुष्प ढुंगाना, हर्कमान बि.क., सचिवमा जनकराज पराजुली, सहसचिवमा विमला पहारी, कोषाध्यक्ष्मा सुर्यराज तिवारी सर्वसम्मत चयन हुनुभएको हो ।
नेतृत्वमा दावी गर्दै आउनुभएका गंगा पोखरेल सरकारी नियुक्तिमा जानुभएकाले गिरीलाई महानगर अध्यक्ष बन्न सहज भएको हो । पोखरा महानगर कमिटी ९९ सदस्यीय रहेकाे छ । ८३ सदस्य हाल चयन भएकाे जनाइएकाे छ ।
Facebook Comments

