थप २६ जनामा काेराेना संक्रमण पुष्टि
नेपालमा पछिल्लो २४ घण्टामा थप २६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ५२८ जनाको पीसीआर परीक्षणमा १९ जना र १ हजार ७७ जनाको एन्टीजेन परीक्षणमा ७ जना गरी २६ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोनाबाट ९ जना संक्रमणमुक्त छन् भने हाल देशभर १ सय ११ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले उल्लेख गरेकाे छ ।
संक्रमितमध्ये ११० जना होम आइसोलेसनमा रहेका छन् भने १ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये १ जना आईसीयूमा उपचाररत् छन् ।
शुक्रबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १९ हजार ४ सय ३१ पुगेको छ भने काेराेना संक्रमणका कारण ११ हजार ९ सय ५२ जनाले ज्यान गुमाएका छन् ।
Facebook Comments

