चुडामणी शर्मा विरूद्ध गैरकानूनी सम्पत्ति आर्जनकाे मुद्दामा सुनवाइ हुँदै

सहसचिव चुडामणी शर्मा विरुद्ध गैरकानूनी सम्पत्ति आर्जनको अभियोगसम्बन्धी तीन मुद्दाको सुनुवाइ आइतबारदेखि हुँदैछ । विशेष अदालतले तत्कालीन अवस्थामा कर फर्छ्यौट आयोग र आयोगका सदस्य सचिव शर्मा विरूद्धकाे मुद्दामा सुनवाइ गर्न लागेकाे हाे ।

शर्मा विरूद्ध कर फर्छ्यौट आयोगको अनियमितता सम्बन्धी दुई र गैरकानूनी सम्पत्ति आर्जनसम्बन्धी एक मुद्दा विशेष अदालतमा विचाराधीन अवस्थामा छ ।

उक्त ३ वटै मुद्दाकाे सुनुवाइ एकसाथ गर्न लागिएकाे हाे । विशेष अदालतले शुक्रबार साप्ताहिक पेशी सूची सार्वजनिक गरेकामा शर्मा विरूद्धका मुद्दाकाे आज सुनवाइ ताेकिएकाे छ ।

अख्तियारले १ साउन २०७४ मा कर फर्छ्योट आयोगका अध्यक्ष लुम्बध्वज महत, सदस्य उमेश ढकाल र सदस्यसचिव तथा आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चुडामणी शर्मा विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

तीनै जनामाथि ३ अर्ब ३४ करोड रुपैयाँ विगो र त्यसको दोब्बर जरिवाना हुनुपर्ने माग छ । कर फर्स्याैट मुद्दामा दाेषीसँग मिलेर राज्यलाइ नाेक्सान पुर्याएकाे दावी अख्तियारकाे मुद्दामा उल्लेख छ ।

Facebook Comments